डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका ७ पोखरा बजारमा एक बालिकाको शवको फेला परेको छ । सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए ।
हिजो शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको खुल्न आएको छ । बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन् ।
राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको स्थानीयको भनाइ छ । तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै घटना बारे विस्तृत खुल्ने बताइएको छ । प्रहरीले आरतीको शरीरमा कुनै चोट पटक नदेखिएको बताएको छ ।
डडेलधुरा प्रहरीले अनुसन्धानका लागि शंकास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ । तर, उनको परिचय भने खुलाएको छैन । प्रहरीले आज बिहान शव उठाएर पोस्ट मार्टमका लागि डडेलधुरा अस्पताल पठाएको जनाएको छ ।




