काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित रत्ननगर नगरपालिकामा आइतबार साँझ मोटरसाइकल र स्कुटर ठाक्किँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
रत्ननगर ३ शान्तिचोकमा भएको दुर्घटनामा चितवन खैरहनी नगरपालिका १ का दिपेश चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । स्कुटरचालक चौधरीको उपचारका क्रममा भरतपुरस्थित मनकामना अस्पतालमा पौने ८ बजे मृत्यु भएको हो ।
खैरहनीबाट टाँडीतर्फ जाँदैगरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटर साँझ सवा ६ बजेतिर ठक्कर खाएका हुन् ।
स्कुटरमा पछाडि सवार २४ वर्षीय अर्जुन चौधरीको नाक र मुखमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको र मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलका चालक चितवन खैरहनी १ का २२ वर्षीय अनिस बस्नेत मोटरसाइकल पछाडि बस्ने २२ वर्षीय सुजेक दराईको उपचार पुरानो मोडिकल कलेज भरतपुरमा भइरहेको छ ।




