काठमाडौं । मकवानपुरको मनहरीमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा ३० जना घाइते भएका छन् । मनहरी गाउँपालिका ६ चौकीटोलमा पूर्वपश्चिम राजमार्ग सडक खण्डमा यात्रु बहाक बस र ट्रक आपसमा ठोक्किएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३११९ नम्बरको ट्रकबीच ठक्कर भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूमध्ये १३ जना पुरानो मेडिकल कलेज चितवनमा, १३ जना नयाँ मेडिकल कलेज चितवनमा र ४ जना हेटौंडा अस्पतालमा उपचार गराइरहेका छन् । घाइते सबैको अवस्था मध्यम रहेको जनाइएको छ ।




