काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायम छ । यस प्रभावका कारण लुम्बिनी, मधेश प्रदेश र देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिनेछ ।
जल तथा मौसम विज्ञान विभागले आज जारी गरेको विज्ञप्तिअनुसार मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुन सक्ने सम्भावना छ । आज राति पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहँदा अन्य भागमा मौसम आंशिक बदलीबाट मुख्यतया सफा रहनेछ । विभागले हल्का हिमपात हुने स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।




