धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका १ बिनवारीमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन् । मृतकहरूमा ४५ वर्षीय रमेश बडायक र उनकी ४३ वर्षीया पत्नी कमला बडायक रहेको र उनीहरू बिहान टाउँको फुटेको अवस्थामा फेला परेको वडाध्यक्ष प्यारेलाल रानाले जानकारी दिए ।
बडायक दम्पती नास्ता पसल सञ्चालन गर्दै पसलसँगैको घरमा बस्दै आएका थिए । घटना स्थलमा अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पुगेको छ । कञ्चनपुर प्रहरीका अनुसार हत्या भएको आशंका गरिएपनि घटना बारे विस्तृत अनुसन्धान भइरहेको छ ।




