बैतडी । बैतडीको पाटन नगरपालिका ९ धारापानी खोलामा शुक्रबार एक ट्याक्टर दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१००२ त ५५९१ नम्बरको उक्त ट्याक्टर हरिचन-रौलेश्वर ग्रामिण कृषि सडक अन्तरगतको क्षेत्र पार गर्दै गर्दा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा परेर सुर्नया गाउँपालिका ६ का ३० वर्षीय ट्याक्टर चालक गोविन्द कुवँर सामान्य घाइते भएका छन् । उनलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
ट्याक्टरमा चालक मात्रै सवार रहेको र दुर्घटना हुँदा ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको बताइएको छ । ट्याक्टर मलामीलाई घर पुर्याएर खोड्पेतर्फ फर्कने क्रममा दुर्घटनामा परेको भए पनि यसको ठोस कारण भने खुलेको छैन ।




