ललितपुर । युवा पुस्तामा मण्डलाको महत्व बारे जानकारी गराउने उद्देश्यले आगामी कात्तिक १७ गते शनिबार गोदावरीमा मण्डला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल संवत अर्थात न्हूँ दँ ११४५ को दिन गोदावरीको ठेचोमा मण्डला प्रतियोगिता आयोजना हुन लागेको हो ।
झीःझी पुचद्धारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । प्रतियोगिताले युवा पुस्तामा मण्डलाको संरचना र यसमा प्रयोग गरिने रंगले सकारात्मक उर्जा र जीवनमा पार्ने प्रभाव बारे राम्रो ज्ञान दिने अपेक्षा लिइएको आयोजक संस्था झीःझी पुचका अध्यक्ष अनिल महर्जनले बताए ।
आध्यात्मिक प्रतीकहकको ज्यामितिय तथा पञ्चमहाभूतसहित सिङ्गो ब्रहमाण्डको शुक्ष्म प्रतिनिधित्व गर्ने मण्ड ९मण्डला० नेवारी संस्कृतिमा सम्मानजनक अस्तित्व र गौरवमय मानिन्छ । कला, रङ, धर्म र संस्कृतिको सम्बन्ध दर्शाउनुका साथ साथै न्हूँ दँ ११४५ लाई अर्थपूर्ण र भन्यरूपमा मनाउन यस प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ ।
नेवार समुदायको संस्कृति जोगाउन र गोदावरी नगरपालिकालाई पर्यंटकीय नगर बनाउन यस्तो कलात्मक प्रतियोगिताले सहयोग पुर्याउने यस कार्यक्रमका संयोजक धर्मेन्द्र महजनले लुकेर बसेको कलाकारहरुलाई सम्मान र कदर पनि गरिने जानकारी दिए ।
व्यक्तिगत तथा संस्थागत रुपमा जो कोहीले पनि भाग लिन सक्ने यस प्रतियोगितामा कुनै उमेरको सीमा तोकिएको छैन । दुई जना मिलेर ६ घण्टा भित्र एउटा चार वर्गफिटको मण्डला बनाउनु पर्नेछ । महिला पुरुष जो कोहीले पनि भाग लिन मिल्ने प्रतियोगितामा पहिले रजिस्टर गर्नेले पहिलो प्राथमिकता पाउने र जम्मा २० वटा समुह मात्र समावेश गरिने बताइएको छ ।
इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रा। लि। ले व्यवस्थापन गर्ने यस कार्यक्रममा आवश्यक पर्ने पाँच थरी रंग लगायत अन्य सामाग्री जस्तै चक, इन्ची टेप, धागो, प्लाष्टिक कोन, कचौरा इत्यादि आयोजकका तर्फबाट उपलब्ध गराउने र सजावटको सामाग्री प्रतियोगीले नै व्यवस्था गर्नुपर्नेछ ।
प्रतियोगिताको प्रवद्र्धकको रुपमा गोदावरी नगरपालिका वडा नम्बर १२ थेचो, सहकारी पे–पीइएस, ग्लिष्टेन इन्टरप्राइज र थेचो क्याटरिङ सहयोगीको रुपमा रहेका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई विशेष पुरस्कार वितरण गरिने र नेपाल संवत ११४५ न्हूँ दँ को उपलक्ष्यमा निस्कने मोटर साइकल (याली तथा भिन्तुना ल्यालीमा आउनेहरुलाई समावेश तथा लक्षित गरी आयोजन गर्ने भएकाले तीन हजारदेखि पाँच हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
हरेक वर्ष हुने यस प्रतियोगितामा आफूसँग भएको कला प्रस्तुत गर्ने सुवर्ण मौकाको फाइदा उठाउन आफ्नो नाम दर्ता गरी भाग लिन आयोजकद्वारा आवहान गरिएको छ ।




