काठमाडौं । आज कोशी र मधेस प्रदेशसहित देशका पहाडी भागमा मौसम बदली भएको छ । ती क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । आज दिउँसो कोशी र बाग्मती प्रदेश लगायत देशका भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ ।
यसैगरी देशका पहाडी क्षेत्रका एक दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।




