मोरङ । मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार अपरान्ह कार्यालयमै हातपात भएको छ । उर्लाबारी ७ का ४२ वर्षीय मिलन भण्डारीले खरेलमाथि कार्यालयमै मुक्का हानेका हुन् ।
सोमबार दिउँसो ११ बजे भण्डारी नगरप्रमुख खरेललाई भेट्न कार्यालय पुगेका व्यवसायी भण्डारीले हातपात गरेका हुन् । भण्डारीले नगरप्रमुखसँग योग सम्बन्धी कार्यक्रम सञ्चालनका लागि बजेट माग गरेका थिए ।
नगरप्रमुख खरेलले प्रक्रिया पुर्याएर तिहारपछि आउन भनेर बैठकतिर लागेका थिए । तर, भण्डारी खरेललाई कुरेर बसेका थिए । खरेल कार्यालयबाट बाहिर निस्किनासाथ सोमबार अपरान्ह ५ बजे मुक्का प्रहार गरेका हुन् ।
मुक्का प्रहार गर्ने भण्डारीलाई नगर प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय उर्लाबारीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले घटनाको अनुसन्धान भइरहेको बताए । भण्डारी उर्लाबारीका चर्चित थेरापिष्ट हुन् ।




