विराटनगर । मोरङको बेलबारी नगरपालिका ६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको बिहिबार बिहान निधन भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कात्तिक ३ गते घरमा खाना बनाउँदा प्रेसर कुकर विस्फोट हुँदा घाइते भएकी मगरको उपचारका क्रममा १२ दिनपछि मृत्यु भएको हो ।
प्रेसर कुकरको सिट्ठी निधारमा लागेर गम्भीर घाइते भएकी मगरलाई विराट शिक्षण अस्पताल, बूढीगंगामा भर्ना गरिएको थियो । डीएसपी जोशीले बिहान करिब ८ बजे उपचारकै क्रममा उनको निधन भएको जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने घटनाको थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।




