नुवाकोट । लिखु गाउँपालिका ६ छहरेमा मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाका अनुसार, टोखा–छहरे सडकखण्डमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका ३ का ३५ वर्षीय विनोद चौलागाईंको ज्यान गएको छ ।
यसै दुर्घटनामा तादी ३ का राजाराम श्रेष्ठ गम्भीर घाइते भएका छन्, जसको काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि मिनीट्रक चालक फरार रहेका कारण उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




