कैलाली । कैलालीको टिकापुर नगरपालिका २ मा अवैध लागूऔषधको कारोबारमा संलग्न भएको आशङ्कामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार राति पक्राउ गरिएका अभियुक्तहरूसँग खैरो हेरोइन जस्तो देखिने २८० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा टिकापुर नगरपालिका १ का २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुँवर, २३ वर्षीय दमन ढुंगाना, २१ वर्षीय सचिन भण्डारी र टिकापुर नगरपालिका २ का २३ वर्षीय निराजन रावल रहेका छन् ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनीहरूलाई शङ्कास्पद अवस्थामै नियन्त्रणमा लिएर लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरूमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




