काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ७ रमनटार समीडाँडामा बुधबार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् ।
घाइते मध्ये २८ जना घाइतेलाई उपचारका लागि चितवन भरतपुर पठाइएको छ । ४ जनाको हेटौंडा अस्पताल र ३ जनाको मनहरीस्थित अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट महोत्तरीका लागि छुटेको प्रदेश–२–०३–००१ ख ३६३९ नम्बरको बस बुधबार बिहान ४ बजे सडकदेखि १० मिटर तल खसेको थियो ।
तीव्र गतिमा आएको बस मोड काट्ने क्रममा सडकबाट तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था गम्भीर नभएको प्रहरीको भनाइ छ ।




