काठमाडौं । नेपाली सेनाका लेसनायक पदमबहादुर दियालको मकवानपुरमा करेन्ट लागेर निधन भएको छ । डडेल्धुरा जिल्लाको गन्याधुरा गाउँपालिका १ निवासी २९ वर्षीय दियाल भीमफेदी ८ दोभानस्थित फास्टट्र्याकको बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छोएपछि करेन्ट लागेर बिहिबार ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जानकारी दिएअनुसार यस घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूमा डडेल्धुराको अमरगढी नगरपालिका २ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका ६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल रहेका छन् ।




