भक्तपुर । भक्तपुर नगरपालिका ३ स्थित दरबार स्क्वायर इछुगल्लीमा एक ९४ वर्षीया महिलाको शव खुट्टा बाँधिएको अवस्थामा फेला परेको छ । मृतक विष्णु कुमारी त्वयना आफ्नो घरको चौथो तल्लामा एक्लै बस्दै आएकी थिइन् ।
बुधबार साँझ सवा ५ बजे उनी सुत्ने कोठामा, दुबै खुट्टा कपडाले बाँधिएको अवस्थामा भेटिएको भक्तपुर प्रहरीको रिपोर्टले जनाएको छ । घटनास्थलमा प्रहरी अनुसन्धान टोली र कुकुर परिचालन गरिएको छ ।
यस्तै शवलाई थप अनुसन्धानका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट पठाइएको छ । घटनाका विषयमा प्रवक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिएका हुन् ।




