दार्चुला । आज बिहान दार्चुलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए भने दुई जनाको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार, शैल्यशिखर ५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल र उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर ९ का ४५ वर्षीय दिलीप बिष्ट, ४५ वर्षीया मिना लेखक तथा बैतडीको डिलासैनी गाउँपालिका ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय वीरेन्द्र बोहराको दुर्घटनामा मृत्यु भएको छ ।
मृतकमध्ये दुई जना भारतीय नागरिक रहेका छन् । उत्तर प्रदेशका मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै निधन भएको डीएसपी दाहालले जानकारी दिए ।




