ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा करेन्ट लागेर एक ७ वर्षीया बालिकाको ज्यान गएको छ । साँघु निवासी साङ्गे शेर्पाकी छोरी मन्सिरी शेर्पाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बालिका विद्यालयबाट फर्किने क्रममा विद्युत्को खम्बाबाट झरेको तारमा छोएर गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै ज्यान गएको हो ।
घटनास्थलमा रहेको विद्युत् तार मर्मतको अभावले करेन्ट प्रवाह भइरहेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।




