धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारी नजिकै पृथ्वीराजमार्गबाट एउटा मालवाहक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट चामल बोकेर काठमाडौं जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक बिहान करिब साढे ५ बजे हुग्दीखोलानजिक दुर्घटनामा परेको हो ।
धादिङ प्रहरीले दुर्घटनास्थलबाट तीन जनालाई घाइते अवस्थामा उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिहरूमा ट्रक चालक आशिष महतो, सहचालक राजु थापामगर र ट्रक मालिक सुरेश गुरुङ रहेका छन् ।
घाइतेहरूको मझिमटारस्थित बिहानी फार्मेसीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालका अनुसार दुर्घटनाको थप अनुसन्धान जारी छ ।




