काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित हेटौंडा उपमहानगरपालिका १५ चुरियामाईमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । वीरगन्जबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १६३१ नम्बरको बस ब्रेक फेल भई सडक छेउमा पल्टँदा चालकसहित १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हेटौ्रडाले जनाएको छ ।
शुक्रबार बिहान पल्टेको उक्त बसमा चालकसहित १८ जना रहेका थिए । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको छ ।




