दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा बस दुर्घटना भएको छ । शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस आठविस नगरपालिका ३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।
बस भित्तामा ठोक्किँएको र केही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । घटना बारे थप विवरण भने आउन बाँकी रहेको छ ।




