ओखलढुङ्गा । ओखलढुङ्गामा ८२ वर्षीया हजुरआमाको हत्या गरेको आरोपमा १३ वर्षीय नाति पक्राउ परेका छन् । खिजीदेम्बा गाउँपालिका ६ बस्ने ठगमाया सुनुवार आफ्नै भान्सा कोठामा मृत अवस्थामा भेटिएपछि प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीका अनुसार किशोरले हजुरआमाले गाली गरेपछि रिसको झोकमा आगो फुक्ने ढुंग्रीले प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घटना मंसिर ६ गते घटेको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख, प्रहरी नायब उपरीक्षक कृष्ण खड्काका अनुसार किशोरविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




