रौतहट । रौतहटको गुजरा नगरपालिका १ मा शनिबार बाघको आक्रमणबाट वडाध्यक्ष रामजित चौधरी गम्भीर घाइते भएका छन् । सोही आक्रमणमा बौराई चौधरी पनि घाइते भएका छन् ।
दुवै जनाको वीरगन्जस्थित वयोधा अस्पतालको आइसियुमा उपचार भइरहेको छ । वडाध्यक्ष चौधरीकी छोरी मधु कुमारी चौधरीका अनुसार, बौराई चौधरी खेतमा पानी लगाइरहेका बेला लमहा खोलाबाट आएको बाघले उनलाई आक्रमण गरेको थियो ।
बौराईलाई बचाउन खोज्दा वडाध्यक्ष चौधरीमाथि पनि बाघले आक्रमण गरेको मधुले बताइन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले घटना बारे अनुसन्धान जारी रहेको जनाएको छ ।




