कञ्चनपुर । आफ्नै श्रीमती ३० वर्षीया ज्योती बिष्टको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका ८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सिंह बिष्टलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
नरेन्द्र सिंहले मादक पदार्थ सेवन गरी हँसिया प्रहार गर्दा ज्योतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




