धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचन सम्पन्न हुँदा नेकपा माओवादीका सुनिल कुमार केवट विजयी भएका छन् । केवटले ६८४ मत ल्याउँदै कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डललाई ८२ मतले पराजित गरे ।
मण्डलले ६०२ मत प्राप्त गरेका थिए भने जसपाका अजय कुमार यादवले ४९९ र नेकपा एमालेका प्रमोद कुमार यादवले ३६५ मत ल्याए । यो उपनिर्वाचन कांग्रेसका दुई पटकका विजयी वडाध्यक्ष विश्वनाथ यादवको २०८१ जेठ ३१ गते निधनपछि भएको हो । यसअघि कांग्रेसको बलियो आधार मानिने यो वडामा यस पटक माओवादीको जितले चकित तुल्याएको छ ।
गत स्थानीय तह चुनावमा कांग्रेसका यादवले ६१८ मत ल्याएर विजयी हुँदा, एमालेका प्रमोदले ३७७ मत र अहिले विजयी भएका माओवादीका केवटले ६६९ मत प्राप्त गरेका थिए । यस पटकको परिणामले कांग्रेसको पकड कमजोर भएको र माओवादीले आफ्नो आधार बलियो बनाएको देखिन्छ ।




