जनकपुरधाम । बाराको महागढीमाई नगरपालिकामा आयोजना हुने गढीमाई मेलाको अवसरमा मंसिर २३ गते आइतबार मधेस प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलामा विशेष पूजा हुने दिनलाई सार्वजनिक तथा सरकारी निकायका लागि बिदा दिन निर्णय गरेको हो ।
मुख्यमन्त्रीले गढीमाई मेलामा लाखौँ श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र विश्वास रहेको र यसले प्रदेशको धरोहरको रूपमा घरेलु पर्यटन विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।




