सर्लाही । पाँच वर्षमा लाग्ने गढीमाई मेला सर्लाहीमा बिहिबारदेखि सुरू भएको छ । सर्लाहीको कविलासी नगरपालिका ६ जमुनियामा मेलाको उद्घाटन गरिएको छ ।
उद्घाटन अवसरमा गढीमाई मेला हिन्दूहरूको आस्था र मधेसको सांस्कृतिक पहिचान भएकाले यसको संरक्षण र संवर्द्धनमा सरकारको पूर्ण सहयोग रहने उल्लेख गरिएको छ ।
यसै अवसरमा वक्ताहरूले गढीमाई प्रति जनताको विश्वास दिन प्रतिदिन बढ्दै गइरहेकोले मेलालाई अझ व्यवस्थित, सभ्य र भव्यरूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा स्थानीय प्रतिनिधिहरू, राजनीतिक दलका नेताहरू र अन्य विशिष्ट व्यक्तिहरूले गढीमाईको महत्व र महिमा वर्णन गरेका थिए ।




