कैलाली । चुरे गाउँपालिका ५ खानिडाडा बजार बस्ने अर्जुन सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सापकोटा समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ९ सय ९० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




