रौतहट । नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको अध्यक्षमा सञ्जय कुमार कार्की निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम नतिजाअनुसार, कार्कीले कुल १५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गरेका हुन् ।
नेपाल प्रेस युनियनका उम्मेदवार कार्कीले प्रेस चौतारी नेपालका उम्मेदवार उत्तम कुमार उपाध्याय र प्रेस मञ्चका रवीन्द्र प्रसाद साहलाई तीन-तीन मतको अन्तरले पराजित गरे । उपाध्याय र साहले समान १२/१२ मत प्राप्त गरे भने समाजवादीका मदन ठाकुर ६ मतमा सिमित भए ।
उपाध्यक्षमा प्रेस सेन्टरका उम्मेदवार डिल्ली बहादुर कार्कीले १८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्पराज यादवले ११ मत प्राप्त गरे ।
शाखा सचिवमा प्रेस चौतारीका गौतम श्रेष्ठ २६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी राकेश यादवले १७ मत ल्याएका थिए । सह-सचिव खुला तर्फ जीतेन्द्र श्रीवास्तवले २४ र समावेशी तर्फ दिनेश यादवले २६ मत प्राप्त गर्दै विजयी भए ।
कोषाध्यक्ष पदमा सञ्जय कुमार सहनी २४ मतसहित निर्वाचित भएका छन् । यसअघि, केन्द्रीय पार्षदमा शैलेन्द्र गुप्ता, प्रदेश पार्षदमा रमेश तिम्सिना, महिला उपाध्यक्षमा बिना श्रीवास्तव र पुरुष उपाध्यक्षमा उमेश यादव निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचनमा कुल ४५ मत खसेको थियो । मतदाताहरूलाई प्रभावित पार्ने विभिन्न प्रयास भएको भनिए पनि शतप्रतिशत मतदान सम्पन्न भएको थियो ।




