वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका ६ लाटगल्लीमा सशस्त्र प्रहरी बलले ३० लाख बराबरको कपडा र कस्मेटिक सामान बरामद गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिएका कपडा र अन्य सामान नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका सामानमा कुर्तासुरूवाल, स्काफ, सल, लेडिज ब्याग, साडीपिन, लङ्कोट जस्ता सामग्री समावेश छन् । ती सबैको मूल्य ३० लाख ४९ हजार सात सय रुपैयाँ रहेको अनुमान गरिएको छ । अहिले सबै सामान भन्सार कार्यालयमा बुझाइएका छन् र आवश्यक कारबाही अघि बढाइएको छ ।




