सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित शिव मन्दिरको प्रतिक्षालयमा ५५ वर्षीय मोहन साह सोनार मृत फेला परेका छन् । महोत्तरी बर्दिवास नगरपालिका १४ का निवासी साह आइतबार मृत अवस्थामा भेटिएका हुन् ।
त्यसैगरी, सर्लाहीको बरहथवा नगरपालिका ३ झिगाही टोल बस्ने ४५ वर्षीया सिकिलिया देवी महतो आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीले घटनास्थलमा पुगेर शवको पोस्टमार्टमका लागि प्रक्रिया अघि बढाएको छ । मृत्युका कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




