सुनसरी । देवानगंज गाउँपालिका ३ का ३५ वर्षीय राजा कृष्ण मेहताको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मेहताको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
करेन्ट लागेर उनका छोरा करण मेहता पनि घाइते भएका छन् । करणलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




