सप्तरी । सप्तरीमा खेतमा काम गरिरहेका एक किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका ९ का ५५ वर्षीय शुभेलाल मण्डलको ज्यान गएको हो ।
बुधबार खेतमा काम गरिरहेका बेला अर्नाले आक्रमण गर्दा मण्डल गम्भीर घाइते भएका थिए । घटनापछि स्थानीयले उनलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट अर्नाहरू स्थानीय बस्तीमा पस्ने समस्या लामो समयदेखि रहँदै आएको छ । यस प्रकारका घटनाहरूले वन्यजन्तु र मानव बीचको द्वन्द्वलाई झन् गम्भीर बनाएको छ ।
प्रहरी र स्थानीय प्रशासनले घटनाको अनुसन्धान गरिरहेको र अर्नाको कारण हुने घटनाहरू रोक्न आवश्यक कदम चालिने जनाइएको छ ।




