सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका ९ रूपनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार सोही ठाउँका ३० वर्षीय गणेश खतिवडालाई बाँसको झ्याङमुनी मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




