कपिलवस्तु । कपिलवस्तु जिल्लामा शनिबार दुई फरक स्थानबाट अवैध लागूऔषधसहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाणगंगा नगरपालिका ७ मोतिपुरबाट ब्राउनसुगर जस्तो देखिने ७७० मिलिग्राम लागूऔषधसहित सोही नगरपालिका ९ चौवाँका २५ वर्षीय मौसम गुरूङलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले शनिबार राति पक्राउ गरेको हो ।
त्यस्तै, कपिलवस्तु नगरपालिका ९ निगाली चोकबाट खैरो हेरोइन जस्तो देखिने ४ ग्राम ४५० मिलिग्राम लागूऔषधसहित सोही नगरपालिका ११ जहदीका २९ वर्षीय जलन्धर केवटलाई पनि इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले शनिबार साँझ पक्राउ गरेको छ । प्रहरीले दुबै घटनामा आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




