सिराहा । सिरहा नगरपालिका १९ सनैठा जोगिया टोलस्थित सार्वजनिक पोखरीमा डुबेर ३० महिनाका आदित कुमार यादवको मृत्यु भएको छ । आदित कुमार सोही ठाउँका सूर्य यादवका छोरा हुन् ।
डुबेर अशक्त भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएपनि उपचारको क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




