सर्लाही । मयुरी चालक केदारप्रसाद तिमल्सिनाको नेतृत्वमा न्यानो अभियान अन्तर्गत सर्लाहीका विभिन्न स्थानमा रहेका गरिब तथा विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
सर्लाहीको मानवसेवा आश्रममा बसोबास गरिरहेका आमाबाबुलाई टोपी र ब्ल्यान्केट प्रदान गर्दै अभियान सुरु गरिएको हो । यो सहयोग आशीष आवारा संस्थाको तर्फबाट जुटाइएको थियो ।
चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित हिले खोलाका सुकुम्बासी समुदायलाई पनि न्यानो कपडा वितरण गरिएको छ । हिले खोला क्षेत्रका गरिब नागरिकहरूलाई सेवा प्रदान गर्न तीन घण्टाको पैदल यात्रा र अधिक भाडा लाग्ने कठिन भूगोलको चुनौतिका बाबजुद अभियान सम्पन्न भएको हो ।

चन्द्रपुरस्थित तिमल्सिनाको निजी निवासमा कपडा लिएर एक दिदीले ११ जना परिवारका लागि पर्याप्त कपडा बटुलेर लगेको उल्लेख छ । त्यसैगरी, फतुवा विजयपुर नगरपालिका वडा नं. ३ मेवा, वडा नं. ४ टेङ्राहा, र वडा नं. ६ पेट्भर्वामा पनि विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
न्यानो अभियानलाई सफल बनाउन विशेष योगदान दिने चन्द्रपुर निवासी केदारप्रसाद तिमल्सिनालाई स्थानीयवासीहरूले धन्यवाद व्यक्त गरेका छन् । यो अभियानले जाडोमा गरिब तथा विपन्न समुदायलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ ।




