बारा । सिम्रौनगढ नगरपालिका ७ खजानीबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब १४२ किलोग्राम बरामद गरेको छ । बुधबार राति प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको टोलीले उक्त गाँजा फेला पारेको हो ।
प्रहरीले कोतवाली नहरबाट खजानीतर्फ आउँदै गरेको बीआर २२ एक्यु २९७६ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा चालकले मोटरसाइकल छोडेर भागेका थिए ।
मोटरसाइकलमा राखिएका तीन वटा बोरामा लुकाइएको अवस्थामा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ । बरामद गाँजा बारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरीले जानकारी दिएको छ ।




