भोजपुर । भोजपुर नगरपालिका ५, डाँडाटोल बोखिमस्थित सडकमा बिहीबार बिहान ट्याम्केतर्फ जाँदै गरेको प्र १-०२-००२ च ६९२३ नम्बरको स्कार्पियो गाडी अनियन्त्रित भई दुर्घटना भएको छ ।
दुर्घटनामा झापा, गौरादह नगरपालिका ७ निवासी ६६ वर्षीय झंकबहादुर घलेको ज्यान गएको छ । गम्भीर घाइते भएका घलेलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगिएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको हो ।
दुर्घटनामा स्कार्पियो चालकसहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । तीन जनालाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको छ ।
यस्तै घाइते बाँकी चार जनालाई विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ । दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन । घटना बारे थप अनुसन्धान जारी रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।




