रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका ४ सिउरीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार बिहान एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीय एक स्थानीय युवा रहेका छन् ।
बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




