मोरङ । उर्लाबारी नगरपालिका ४ बक्राहा पुलस्थित सडकमा पथरीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१३६ नम्बरको बसको ठक्करबाट ६६ वर्षीय साइकलयात्री निर बहादुर लिम्बुको शुक्रबार बिहान मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर मंगलबारेमा उपचारका लागि पुर्याइएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




