जनकपुर । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेका जनकपुर बोल्ट्सका खेलाडीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । शुक्रबार रजौलस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरूलाई सम्मानित गरे ।
खेलाडीहरूले ट्रफी लिएर नगर परिक्रमा गरिरहँदा, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पनि खेलाडीहरूको गाडीमा सहभागी भए । नगर परिक्रमामा हजारौँ समर्थक सहभागी भएका थिए र उनीहरूलाई चोक-चोकमा भव्य स्वागत गरिएको थियो ।
बिहीबार साँझ जनकपुर आइपुगेका खेलाडीहरू आज नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुग्ने कार्यक्रम रहेको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए । एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएर उपाधि जितेको थियो ।




