सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा रूखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका २ धरहराका ७२ वर्षीय सीताराम भण्डारी घाँस काट्ने क्रममा आज बिहान रूखबाट लडेका थिए ।
बिहान ९ बजेतिर घाइते अवस्थामा उनलाई उपचारका लागि हरिवनस्थित नमुना अस्पताल लगिएको थियो । तर, अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
भण्डारीको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरिएको छ । स्थानीय प्रशासन ले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




