रूकुम पूर्व । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भूमे गाउँपालिका ७ लाभाङका २९ वर्षीय सुर्जे रोका मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटना आइतबार बिहान भएको भन्ने पीडित महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।




