झापा । अर्जुनधारा नगरपालिका ९ देवर्शी टोलमा ५८ वर्षीय शेखर सुवेदीको घरबाट करिब १० लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
बिहीबार दिउँसो भएको चोरीमा सुवेदीको घरबाट ३ तोला बराबरका दुई वटा सुनको चुरा, नगद र अन्य महत्त्वपूर्ण सामान चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन् । प्रहरीले दोषीको खोजी तथा घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




