धनुषा । धनुषाको कमला नगरपालिका ३ पर्सा निवासी अशोक यादवका १२ वर्षीय छोरा अमरेश यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । घरमा टिभी हेर्न प्लग बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




