वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका २ स्थित बङ्कुल खोलाको बगरमा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । स्थानीय हीरालाल महतोले शिशुलाई देखेपछि प्रहरी चौकी रङ्गपुरमा जानकारी गराई शिशुलाई जिम्मा लगाएका थिए ।
शिशु छोरी रहेको र तत्कालै नारायणी अस्पताल, वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । प्रहरीले नवजात शिशुलाई कसले र किन त्यहाँ फ्याँकेको भन्ने विषयमा अनुसन्धान सुरू गरेको छ ।
शिशुको स्वास्थ्य अवस्था बारे अस्पतालले थप जानकारी दिने बताइएको छ । उक्त घटनाले समाजमा बालबालिकाको सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ ।




