नुवाकोट । बेलकोटगढी नगरपालिका ७ महादेवफाँटस्थित सडकमा मंगलबार दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बा ८४ प ३८३६ नम्बरको मोटरसाइकलका चालक, सोही ठाउँ रातोमाटे निवासी १८ वर्षीय आयुष अर्यालको उपचारको क्रममा निधन भएको हो ।
गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि नेपाल–भारत मैत्री अस्पताल, चाबहिल काठमाडौं लगिएको थियो, जहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्र ३–०६–०१ प ४६४१ नम्बरको मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




