मोरङ । बुढीगंगा गाउँपालिका २ सक्मास्थित सडकमा मंगलबार राति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक, विराटनगर महानगरपालिका ४ निवासी २१ वर्षीय श्याम गडेरीको ज्यान गएको हो ।
गम्भीर घाइते गडेरीलाई उपचारका लागि विराट टिचिङ अस्पताल, गंगाचोक लगिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको छ ।




