धनकुटा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौबिसे गाउँपालिका ५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




