रूपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका ६ स्थित सडकमा आइतबार बिहान मोटरसाइकल र जेसिबी एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लु १ क १९४० नम्बरको जेसिबी र लु ४ प ३९६६ नम्बरको मोटरसाइकल ठोक्किँएर भएको दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका ३ पडरिया निवासी २८ वर्षीय मोहम्मद अजिम मुसलमान गम्भीर घाइते भएका थिए ।
उनलाई भैरहवाको सिटी अस्पतालमा उपचारका लागि लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । दुर्घटनामा संलग्न जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




